Rule 29
मुद्दा हेर्ने अधिकारी
(१) यस नियमावली अन्तर्गतका कसूर सम्बन्धी मुद्दाको कारबाही र किनारा गर्ने अधिकार संरक्षकलाई हुनेछ ।
(२) उपनियम (१) को सर्वसामान्यतामा प्रतिकूल असर नपर्ने गरी देहायका कसूर सम्बन्धी मुद्दाको कारबाही र किनारा गर्ने अधिकार सहायक संरक्षक रहेकोमा सहायक संरक्षकलाई र निज नरहेकोमा रेञ्जरलाई हुनेछ:-नियम ४ को बर्खिलाप प्रवेशपत्र नलिई निकुञ्जभित्र प्रवेश गरेमा,
- नियम ७ को खण्ड (ग), (ङ) वा (च) को बर्खिलाप कुनै काम कारबाही गरेमा वा सोही नियमको खण्ड (घ) को बर्खिलाप पाँचसय रुपैयाँसम्म मोल पर्ने वन पैदावारमा कुनै किसिमले हानी नोक्सानी पुर्याएमा,
- नियम ११ बमोजिम अनुमति नलिई माछा मारेमा,
- नियम १३ को बर्खिलाप कुनै चिन्हपट, सूचना, विज्ञापन वा पोष्टरहरु टाँसेमा वा राखेमा,
- नियम १४ को बर्खिलाप कुनै बाजा बजाएमा,
- नियम १५ को बर्खिलाप फोहर मैला गरेमा वा फ्याँकेमा,
- नियम १७ को बर्खिलाप निकुञ्जभित्र पसेमा, हिँडडुल गरेमा वा सवारी चलाएमा,
- नियम १८ को बर्खिलाप तोकिएको बाटो छोडी अन्यत्रबाट यात्रा गरेमा, घरपालुवा जीवजन्तु हिँडाएमा वा कुनै सवारी चलाएमा ।